Logo
Logo
राजनिती

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ, नातेदार राख्न नपाइने

त
तिलिचो न्यूज
२०८३ साउन ८ गते १६:००
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदहरूले राख्ने स्वकीय सचिवको नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ । पार्टीले स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुला प्रतिस्पर्धामार्फत योग्य व्यक्तिको छनोट गर्न सांसदहरूलाई निर्देशन दिएको हो।

निर्देशनमा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा मन्त्रिपरिषद्ले गरेको संशोधनपछि सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) का एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्तो मापदण्ड तय गरिएको उल्लेख छ।

रास्वपाले सांसदका एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। उम्मेदवारले कम्तीमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा विज्ञता, अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप र पार्टीका मूल्य–मान्यताप्रति प्रतिबद्धता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने निर्देशनमा उल्लेख छ।

त्यस्तै, योग्यता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिने नीति पनि रास्वपाले लिएको छ। नियुक्त हुने व्यक्तिले अन्य सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी नगरेको हुनुपर्ने र दोहोरो आर्थिक सुविधा नलिएको हुनुपर्ने व्यवस्था गरिएको छ। सांसदको काममा प्रभाव पार्ने कुनै पनि प्रकारको स्वार्थ बाझिने अवस्था नरहेको सुनिश्चित गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

रास्वपाले स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदले योग्य उम्मेदवार छनोट गरेपछि नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ।

निर्देशनमा स्वकीय सचिव नियुक्तिसम्बन्धी कुनै विवाद, उजुरी वा प्रश्न उत्पन्न भएमा त्यसको छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमै निहित रहने व्यवस्था गरिएको छ। रास्वपाले राज्यकोषबाट उपलब्ध गराइने सुविधाको दुरुपयोग रोक्न तथा सुशासनको अभ्यासलाई संस्थागत गर्न यो मापदण्ड लागू गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित